इन्द्रायणी माविद्वारा भोटेकोशीका बाढीपीडितका लागि राहत र नगद सहयोग हस्तान्तरण

भोटेकोशीका बाढीपीडितका लागि पञ्चकन्याको इन्द्राणी माविद्वारा राहत र नगद सहयोग हस्तान्तरण

नुवाकोट, भाद्र । गत भदौ ४ र ५ गते परेको भीषण वर्षाका कारण भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि नुवाकोटको पञ्चकन्या गाउँपालिकामा अवस्थित इन्द्राणी माध्यमिक विद्यालयले राहत एवम् सहयोग जुटाएको छ। भोटेकोशीका बाढीपीडितहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले विद्यालय र विद्यालयको बाल क्लबको संयुक्त पहलमा राहत सामग्री र नगद संकलन गरी गाउँपालिकामार्फत पठाउन हस्तान्तरण गरिएको हो।

सहयोग कार्यक्रम अन्तर्गत इन्द्राणी माध्यमिक विद्यालयका तर्फबाट विभिन्न खाद्य तथा अत्यावश्यक राहत सामग्रीहरू संकलन गरिएको छ भने विद्यालयको बाल क्लबका तर्फबाट नगद रु. ६,५८५ (छ हजार पाँच सय पचासी) आर्थिक सहयोग जुटाइएको छ।

उक्त संकलित राहत सामग्री तथा नगद रकम गाउँपालिकामार्फत भोटेकोशीका बाढीपीडितहरूसम्म पुर्‍याउने गरी एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। विद्यालयका प्रतिनिधिहरूले पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ, उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, गाउँपालिकाका कर्मचारी तथा गाउँ प्रहरीको रोहवरमा सो राहत सामग्री गाउँपालिकालाई बुझाएका हुन्।

विपद्को यो घडीमा अर्कै क्षेत्रका बाढीपीडितको मलम बन्न पञ्चकन्याको विद्यालय र ससाना बालबालिकाहरूले देखाएको यो मानवीय भावना र तत्परताको गाउँपालिकाले उच्च प्रशंसा गरेको छ। विद्यालयबाट प्राप्त सहयोग रकम र सामग्री यथाशीघ्र भोटेकोशीका वास्तविक बाढीपीडितसम्म पुर्‍याइने गाउँपालिकाले जनाएको छ।

1789653743213

Leave a Reply

Your email address will not be published. Required fields are marked *