बट्टारमा दिउँसै वृद्ध दम्पतीमाथि लुटपाट, लगाएका सुनका गहना जबर्जस्ती फुकालेर फरारनुवाकोट — विदुर नगरपालिका–४, बट्टारस्थित फिल्म हल पछाडिको बस्तीमा दिउँसै घरभित्र प्रवेश गरी अशक्त वृद्ध दम्पतीमाथि लुटपाट भएको छ। घरमा वृद्ध दम्पती मात्रै रहेको अवस्थामा अज्ञात समूहले प्रवेश गरी उनीहरूले लगाएका सुनका गहना जबर्जस्ती फुकालेर फरार भएको बताइएको छ।प्रहरीका अनुसार समाजसेवी बाबुराम अधिकारीको घरमा प्रवेश गरेका अज्ञात व्यक्तिहरूले अधिकारीले लगाएको सुनको सिक्री तथा उनकी श्रीमतीको कानमा लगाएको सुनको टप जबर्जस्ती फुकालेर लगेका हुन्। दिउँसै बस्तीमै घरभित्र पसेर वृद्ध दम्पतीलाई लक्षित गरी भएको घटनाले स्थानीयवासीमा त्रास र चिन्ता बढाएको छ।घरमा रहेका वृद्ध दम्पती अशक्त अवस्थामा रहेको मौका छोपी उनीहरूमाथि जबर्जस्ती गरिएको बताइएको छ। घटनापछि स्थानीयवासीले बस्तीमा सुरक्षा व्यवस्था थप कडा बनाउन तथा यस्ता घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कारबाही गर्न माग गरेका छन्।घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा खोजी कार्य अघि बढाएको जनाएको छ। दिउँसै बस्तीमा प्रवेश गरी घरभित्रै लुटपाट भएको घटनाले स्थानीयको सुरक्षामाथि समेत प्रश्न उठाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि प्रहरीले आसपासका क्षेत्रमा समेत निगरानी बढाएको बताइएको छ।














Leave a Reply