कालोबजारी रोक्न नेपाल ग्यासले तोक्यो बिक्री मूल्यकाठमाडौं । बजारमा ग्यासको मूल्यमा हुने मनपरी असुली तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले नेपाल ग्यास उद्योग प्रा.लि.ले ग्यासको बिक्री मूल्य निश्चित गरेको छ।उद्योगले सार्वजनिक गरेको सूचनाअनुसार हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्यासको मूल्य रु. २,१६० तथा गाडी भाडासहित रु. २,१६५.३८ मा बिक्री–वितरण गर्नुपर्ने उल्लेख गरिएको छ। यससँगै उपभोक्ताबाट तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न उद्योगले विक्रेतालाई निर्धारित मूल्यमा नै ग्यास बिक्री गर्न आग्रह गरेको छ।सूचनामा तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको प्रमाण फेला परेमा अधिकृत विक्रेतासमेत कारबाहीको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ। यसले पछिल्लो समय ग्यासको अभाव वा बजारमा देखिने मूल्यसम्बन्धी अन्योलका बीच उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।नेपाल ग्यासले उपभोक्तालाई ग्यास खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न र बढी मूल्यमा बिक्री गरिएको पाइएमा सम्बन्धित निकाय वा उद्योगलाई जानकारी गराउनसमेत आग्रह गरेको छ।उद्योगको यो सूचनाले बजारमा ग्यासको मूल्यमा हुने अनियमितता, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न खोजिएको देखिन्छ। अब तोकिएको मूल्य प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषय भने अनुगमन र सम्बन्धित विक्रेताको व्यवहारमा निर्भर हुनेछ।













Leave a Reply