नुवाकोटका प्रभु कार्कीले गोंगबुमा सञ्चालनमा ल्याए ‘हिटि क्याफे एन्ड रेस्टुरेन्ट’काठमाडौँ। नुवाकोटको शिवपुरी गाउँपालिका–७, सुनखानीका युवा व्यवसायी प्रभु कार्कीले काठमाडौँको गोंगबुमा ‘हिटि क्याफे एन्ड रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन्। बजाज मोटरसाइकलको सोरुम नजिकै रहेको उक्त रेस्टुरेन्टको आज एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो।शिवपुरी गाउँपालिका नेपाली कांग्रेसका सभापति प्रल्हाद थापाले रेस्टुरेन्टको उद्घाटन गरेका हुन्।आधुनिक सोच, नवीनतम प्रविधि र व्यवस्थित सेवाको अवधारणासहित सञ्चालनमा ल्याइएको ‘हिटि क्याफे एन्ड रेस्टुरेन्ट’ले ग्राहकलाई गुणस्तरीय खानपान तथा आतिथ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। बदलिँदो समयअनुसार व्यवसायलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ग्राहकलाई सहज र स्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो।नुवाकोटको सुनखानीबाट काठमाडौँमा व्यवसाय विस्तार गरेका कार्कीको यो पहलले स्थानीय युवामा उद्यमशीलताको भावना विकास गर्न तथा स्वरोजगारलाई प्रोत्साहन गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। आफ्नै गाउँठाउँबाट राजधानीमा व्यवसाय सञ्चालन गर्नुले मेहनत, लगनशीलता र व्यावसायिक सोचमार्फत अघि बढ्न चाहने युवालाई समेत प्रेरणा दिन सक्छ।‘हिटि क्याफे एन्ड रेस्टुरेन्ट’को सफल सञ्चालन, व्यावसायिक उन्नति तथा उत्तरोत्तर प्रगतिको नुवाकोट मिडिया परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।नुवाकोट मिडियानुवाकोटको आवाज










Leave a Reply