खैरो हेरोइन सहित नुवाकोटका युवक अभय तामाङ पक्राउ काठमाडौं

मनमैजुबाट २० ग्राम खैरो हेरोइनसहित नुवाकोटका युवक पक्राउकाठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित मानसिंह स्कुल नजिकैबाट २० ग्राम खैरो हेरोइनसहित नुवाकोटका एक युवक पक्राउ परेका छन्।लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले नुवाकोटको ककनी गाउँपालिका–२ घर भएका २५ वर्षीय अभय तामाङलाई पक्राउ गरेको हो।प्राप्त विवरणअनुसार, प्रहरीले तामाङको कोठामा खानतलासी गर्ने क्रममा गएराति खैरो हेरोइन फेला पारेको थियो। मनमैजु क्षेत्रमा लागुऔषधसम्बन्धी गतिविधि बढेको भन्दै स्थानीयस्तरबाट गुनासो आएपछि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको बताइएको छ।पक्राउ परेका तामाङमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। बरामद पदार्थको स्रोत, सम्भावित कारोबार तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान जारी रहेको छ।नुवाकोट मिडियानुवाकोटको आवाज

file_0000000045d482088093b6681bfd2428

Leave a Reply

Your email address will not be published. Required fields are marked *