पञ्चकन्या माविका शिक्षक–कर्मचारीद्वारा राहत कोषमा ५१ हजार ७२५ रुपैयाँ सहयोग
नुवाकोट । पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विपद् प्रभावित नागरिकको सहयोगका लागि रु. ५१ हजार ७२५ सहयोग गरेका छन्।
शिक्षक तथा कर्मचारीहरूले व्यक्तिगत रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोषमा जम्मा हुने गरी पञ्चकन्या गाउँपालिकाका फोकल पर्सनलाई हस्तान्तरण गरिएको हो।
विपद्का कारण प्रभावित परिवार तथा समुदायलाई राहत र सहयोग आवश्यक भइरहेका बेला विद्यालय परिवारले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ। शिक्षक तथा कर्मचारीहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै विपद्को समयमा पीडितका लागि सहयोग जुटाउने प्रयासस्वरूप उक्त रकम प्रदान गरेका हुन्।
विद्यालय परिवारले गरेको यस सहयोगले विपद्को समयमा मानवीय सहयोग र एकताको सन्देश दिएको छ।













Leave a Reply