Rate us

जिम्मेवार शिवपुरी गाउँपालिका तोकियो जिम्मेवारी

by

in सुजन पन्थ

भाद्र ४ र ५ गते परेको अविरल वर्षाका कारण शिवपुरी गाउँपालिका–५ का विभिन्न स्थानमा बाढी तथा पहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण तथा तथ्यांक संकलन गरिएको छ।

वर्षाका कारण सडक, खोल्सा, खेतबारी तथा बस्ती आसपासका क्षेत्रमा पहिरो र बाढीको जोखिम बढेपछि गाउँपालिकाले स्थलगत रूपमा क्षतिको अवस्था बुझ्ने तथा आवश्यक विवरण संकलन गर्ने कार्य अघि बढाएको हो। गाउँपालिकाले तत्कालीन अवस्थामा थप जोखिम न्यूनीकरण गर्न प्रभावित क्षेत्रमा प्लास्टिक वितरणसमेत गरिएको जानकारी गाउँपालिका उपाध्यक्षले दिनुभएको छ।

गाउँपालिकाका उपाध्यक्षका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनेतर्फ गाउँपालिका गम्भीर रूपमा लागिरहेको छ। साथै, सम्भावित जोखिम रहेका स्थानको पहिचान गरी आवश्यक सावधानी अपनाउनसमेत स्थानीयवासीलाई आग्रह गरिएको छ।

यसैबीच, गाउँपालिकाले बाढीपहिरोबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रतिवेदन तयार गर्न सम्बन्धित कर्मचारीलाई जिम्मेवारीसमेत तोकेको छ। गाउँपालिकाको प्रशासन शाखाले जारी गरेको पत्रअनुसार पूर्वाधार शाखाका प्रमुख इन्जिनियरको संयोजकत्वमा कृषि, पशुसेवा तथा वडा कार्यालयका प्रतिनिधि सम्मिलित टोली गठन गरी स्थलगत अनुगमन र क्षतिको विवरण संकलन गर्ने जिम्मेवारी दिइएको छ।

टोलीलाई भौगोलिक रूपमा भएको क्षति तथा सम्भावित जोखिमको विवरण, कृषि तथा पशुधन क्षेत्रमा भएको क्षति र अन्य क्षतिसम्बन्धी विवरण संकलन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ।

बाढीपहिरोका कारण प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन रूपमा जोखिम न्यूनीकरण र सुरक्षित पूर्वाधार निर्माणतर्फ समेत गाउँपालिकाले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

file_000000007e888208b587d833f87923cc

विज्ञापन

1787561638552