नुवाकोट मिडियामा, तादी कांग्रेस सभापतिमा यादव खनाल सर्वसम्मत निर्वाचितनुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तादी गाउँपालिकाको सभापतिमा यादव खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।तादी गाउँपालिकामा सम्पन्न अधिवेशनबाट खनाल सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको हो। उहाँसँगै गाउँपालिकास्तरीय कांग्रेस कार्यसमितिका विभिन्न पदाधिकारी तथा सदस्यहरू समेत चयन भएका छन्।सभापतिमा सर्वसम्मत निर्वाचित खनालसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।नुवाकोट मिडिया परिवार नवनिर्वाचित सभापति यादव खनाललगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।














Leave a Reply