छोडेनन् केसीका दाजुभाई ले नुवाकोट काँग्रेसकोे पक्कड

छोडेनन् केसीका दाजुभाइले नुवाकोट कांग्रेसको जगनुवाकोट कांग्रेसको १५औँ जिल्ला अधिवेशनमा पनि केसी दाजुभाइको राजनीतिक प्रभाव कायमै देखिएको छ। अर्जुननरसिंह केसी निर्वाचित भएका छन् भने उनका भाइ जगदिशनरसिंह केसी पनि प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्।अधिवेशनमा नेता र प्रतिनिधि बन्ने दौडमा कांग्रेसका थुप्रै कार्यकर्ता मैदानमा रहे पनि अन्ततः केसी दाजुभाइले फेरि आफ्नो उपस्थिति बलियो बनाएका छन्।नयाँ पुस्ता नेतृत्व खोज्दैछ, कार्यकर्ता अवसर खोज्दैछन्, तर नुवाकोट कांग्रेसको राजनीतिक जगमा भने केसी परिवारको पकड अझै उस्तै बलियो देखिन्छ।अधिवेशन आयो, अधिवेशन गयो—केसी दाजुभाइ भने कांग्रेसको जग छोड्ने पक्षमा देखिएनन्। आखिर नुवाकोट कांग्रेस हो कि ‘केसी कांग्रेस’ भन्ने व्यङ्ग्यसमेत उठ्न थालेको छ।

file_0000000042f48211a59075c8f7f56802

Leave a Reply

Your email address will not be published. Required fields are marked *