शिवपुरी कांग्रेस सभापतिमा केशव प्रसाद रिजालको उम्मेदवारीनुवाकोट । नेपाली कांग्रेसको गाउँपालिका अधिवेशन नजिकिँदै गर्दा शिवपुरी गाउँपालिकामा गाउँपालिका सभापतिका लागि केशव प्रसाद रिजालले प्रतिस्पर्धामा उत्रिने तयारी गरेका छन्।शिवपुरी गाउँपालिका–८ का वडाध्यक्षसमेत रहेका रिजाल लामो समयदेखि शिवपुरीका स्थानीय नागरिकसँग प्रत्यक्ष रूपमा घुलमिल हुँदै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गरिरहेका रिजालले पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्यसहित सभापतिमा आफ्नो दाबी अघि सारेको बताइएको छ।स्थानीय तहको नेतृत्वसँगै संगठनात्मक गतिविधिमा समेत सक्रिय रिजालको उम्मेदवारीले शिवपुरी कांग्रेसभित्रको आगामी नेतृत्व चयनलाई थप प्रतिस्पर्धात्मक बनाउने देखिएको छ।सभापति पदका लागि आफ्नो दाबी प्रस्तुत गर्दै रिजालले पार्टीभित्रको संगठन सुदृढीकरण, कार्यकर्ताबीचको समन्वय र स्थानीय तहमा कांग्रेसको उपस्थितिलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।शिवपुरी कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनमा विभिन्न आकांक्षीहरूबीच प्रतिस्पर्धा हुने भएपछि कार्यकर्ता तहमा समेत नेतृत्वबारे छलफल तीव्र बनेको छ।










Leave a Reply