शिवपुरीमा ५० प्रतिशत अनुदानमा उन्नत बीउ वितरणका लागि आवेदन खुलानुवाकोट

शिवपुरीमा ५० प्रतिशत अनुदानमा उन्नत बीउ वितरणका लागि आवेदन खुलानुवाकोट । शिवपुरी गाउँपालिकाले खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा मूल्य अनुदान कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा उन्नत बीउ वितरण गर्ने भएको छ।गाउँपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक संघीय सशर्त अनुदानअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो। इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्म सञ्चालकहरूले १५ दिनभित्र अर्थात् २०८३ असोज २७ गतेसम्म सम्बन्धित वडा कार्यालय वा कृषि विकास शाखामा आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।कार्यक्रमअन्तर्गत गहुँतर्फ ‘गौतम १११’, ‘धौलागिरी’ तथा ‘डब्लु.के. १२०४’ जातका उन्नत बीउ उपलब्ध गराउने जनाइएको छ। सूचनाअनुसार यी बीउहरू तराई, टार तथा उपत्यका, मध्यपहाड र उच्च पहाड क्षेत्रअनुसार सिफारिस गरिएका छन्।आवेदनका लागि बीउ मागसम्बन्धी निवेदन, समूह/सहकारीको हकमा बीउ मागसम्बन्धी निर्णयको प्रतिलिपि, समूह/सहकारी तथा फर्म नवीकरण भएको दर्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र निवेदकको नेपाली नागरिकता वा जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ।गाउँपालिकाले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सम्बन्धित कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरूलाई आग्रह गरेको छ।नुवाकोट मिडियाशिवपुरीको कृषि क्षेत्रमा उपलब्ध अवसर र स्थानीय गतिविधिमा केन्द्रित समाचार

1790762995053

Leave a Reply

Your email address will not be published. Required fields are marked *