करोडको लगानी, १ लाख उठाउनै धौ–धौ! ‘चंगुल’को बक्स अफिसले निर्माता–निर्देशकलाई सिकायो ठूलो पाठनुवाकोट

करोडको लगानी, १ लाख उठाउनै धौ–धौ! ‘चंगुल’को बक्स अफिसले निर्माता–निर्देशकलाई सिकायो ठूलो पाठनुवाकोट । जेन्जी आन्दोलनलाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘चंगुल’को बक्स अफिस कमाइ कमजोर देखिएको छ। प्रदर्शनको पहिलो सातामा चलचित्रले जम्मा १ लाख ३८ हजार ३८० रुपैयाँ ग्रस कमाइ गरेको छ भने ४२५ टिकट मात्रै बिक्री भएको चलचित्र विकास बोर्डको ‘सिनेपा बक्सअफिस’ विवरणमा उल्लेख छ।नेपालमा करोडौँ रुपैयाँ लगानी गरेर चलचित्र निर्माण गर्ने चलन सामान्य बन्दै गइरहेका बेला ‘चंगुल’को सुरुवाती कमाइले चलचित्र निर्माण गर्नु मात्रै सफलता होइन भन्ने सन्देश दिएको छ। करोडको लगानी गर्ने सपना बोकेका निर्माता–निर्देशकका लागि दर्शकको रुचि, कथावस्तुको प्रभावकारिता र प्रस्तुतिको स्तर बुझ्नु उत्तिकै महत्त्वपूर्ण देखिएको छ।जेन्जी आन्दोलनजस्तो चर्चित विषयलाई पर्दामा उतार्दैमा दर्शक हलसम्म आइहाल्छन् भन्ने हुँदैन। विषयवस्तु चर्चित हुनु एउटा पक्ष हो भने त्यसलाई कसरी प्रस्तुत गरिन्छ र दर्शकसँग कति जोडिन्छ भन्ने अर्को महत्त्वपूर्ण पक्ष हो।राम गौतमको निर्देशनमा बनेको ‘चंगुल’मा रवि कार्की, लय सङ्ग्रौला, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारको अभिनय रहेको छ।पहिलो सातामै कमजोर देखिएको बक्स अफिस नतिजाले निर्माता–निर्देशकलाई एउटा प्रश्न छाडेको छ— करोडौँ खर्च गरेर चलचित्र बनाउनु ठूलो कुरा हो कि दर्शकको मन जित्नु?— नुवाकोट मिडिया | नुवाकोटको आवाज

image_search_1791817650057

Leave a Reply

Your email address will not be published. Required fields are marked *