कोरियामा दुर्घटनामा खुट्टा गुमाए, हिम्मत नहारी रेस्टुरेन्ट व्यवसायमा रमाउँदै नुवाकोटका अर्जुननुवाकोट।

कोरियामा दुर्घटनामा खुट्टा गुमाए, हिम्मत नहारी रेस्टुरेन्ट व्यवसायमा रमाउँदै नुवाकोटका अर्जुननुवाकोट। जीवनमा आइपर्ने कठिन परिस्थितिलाई सामना गर्दै अघि बढ्ने हो भने नयाँ सम्भावनाका ढोका खुल्न सक्छन् भन्ने उदाहरण बनेका छन् नुवाकोटका ३५ वर्षीय अर्जुन तामाङ।रोजगारीका लागि दक्षिण कोरिया पुगेका तामाङले त्यहाँ पुगेको दुई महिनामै काम गर्ने क्रममा मेसिनको असरले आफ्नो दाहिने खुट्टा गुमाउनुपर्‍यो। वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेको यो दुर्घटनाले उनको जीवनमा ठूलो चुनौती थप्यो।दुर्घटनापछि उनले तीन वर्षसम्म उपचार गराए। उपचारपछि नेपाल फर्किएका तामाङले अप्ठ्यारो परिस्थितिका बाबजुद पनि हिम्मत भने हारेनन्। जीवनलाई नयाँ ढङ्गले अघि बढाउने अठोटका साथ उनले दुई वर्षदेखि रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।शारीरिक कठिनाइलाई आफ्नो प्रगतिको बाधक बन्न नदिई व्यवसायमा सक्रिय तामाङको संघर्ष र आत्मविश्वास धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ।उनी भन्छन्, “जिन्दगीमा धेरै उतारचढाव आउँछन् तर त्यसलाई सामना गर्दै अगाडि बढ्नुपर्छ।”अर्जुनको जीवनकथाले सफलता प्राप्त गर्न परिस्थिति सधैँ अनुकूल हुनुपर्छ भन्ने छैन, बरु कठिनाइसँग जुध्ने साहस र निरन्तर प्रयास महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिन्छ।नुवाकोट मिडिया | Nuwakot ko Awaj

1791981140572

Leave a Reply

Your email address will not be published. Required fields are marked *