नुवाकोट कांग्रेसमा अधिवेशनपछि ‘अपराध कि राजनीति?’ को बहसनुवाकोट । कांग्रेसको १५औँ महाधिवेशन सकिएसँगै नुवाकोटमा जित–हारभन्दा बढी सामाजिक सञ्जालको बहस तातेको छ। सचिव वैकुण्ठ मिश्रले ‘राजनीतिभित्रको अपराध कि अपराधभित्रको राजनीति?’ भन्दै प्रश्न उठाएपछि कांग्रेसभित्रको आन्तरिक समीकरण फेरि चर्चामा आएको हो।मिश्रको स्टाटसमा नेतादेखि कार्यकर्तासम्मले टिप्पणी गर्दै ‘मामा–भान्जा कम्पनी’, सहमति, सेटिङ, गुट र बाहुबलका प्रसंग निकालेका छन्। क्षेत्रीय सभापतिका उम्मेदवार जगदीश कुइकेलले त नातावाद, कृपावाद, धन र बाहुबल हाबी भएको भन्दै महाधिवेशन प्रक्रियामाथि नै प्रश्न उठाएका छन्।यता रामजी पौडेलले मिश्रलाई नै कटाक्ष गर्दै ‘खेलाडी भएर पनि मैदानमा उत्रन अयोग्य’ भएको टिप्पणी गरेका छन्।अर्थात्, नुवाकोट कांग्रेसको अधिवेशनमा कसले जित्यो–हार्यो भन्नेभन्दा अहिले प्रश्न एउटै छ—राजनीति चल्यो कि ‘राजनीतिक खेल’ चल्यो?










Leave a Reply