नुवाकोटवासीको प्रश्न एउटै छ—“भोट माग्न आउनुअघि शोकमा परेको नुवाकोटलाई सम्झनुभएको थियो कि थिएन?

नुवाकोट शोकमा हुँदा नदेखिएका, भोट माग्न भने आउँदैछन् भनेर नुवाकोटमा चौतर्फी अवाज उठिरहेको छ!नुवाकोटमा विपद्, दुःख र शोकका बेला जनताको घरदैलोमा उपस्थिति कति रह्यो भन्ने प्रश्नबीच राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे, सुनिल के.सी. र डा. कृष्णहरि बुढाथोकी नुवाकोट आउने प्रचार सामग्री सार्वजनिक भएको छ।काठमाडौं–३ बाट निर्वाचित राजु नाथ पाण्डे, काठमाडौं–२ बाट निर्वाचित सुनिल के.सी. र रामेछाप–१ बाट निर्वाचित डा. कृष्णहरि बुढाथोकी अहिले संघीय सांसद हुन्। नुवाकोटको पीडा र शोकमा ‘कहाँ थिए?’ भन्ने प्रश्नको जवाफ नआउँदै असोज २०–२७ गते ‘हामी आउँदै छौँ’ भन्ने सन्देशसहित उनीहरू नुवाकोटतर्फ आउन लागेका छन्।व्यङ्ग्यात्मक रूपमा भन्नुपर्दा—दुःखमा खोज्दा भेटिएनन्, चुनावी मौसममा भने ‘जनमाजिल्ला’ सम्झिएछन्!अब नुवाकोटवासीको प्रश्न एउटै छ—“भोट माग्न आउनुअघि शोकमा परेको नुवाकोटलाई सम्झनुभएको थियो कि थिएन?”रास्वपाका नुवाकोट–१ र नुवाकोट–२ का निर्वाचित सांसद क्रमशः विक्रम तिमिल्सिना र अचुत्तम लामिछाने हुन्।

1791272843284

Leave a Reply

Your email address will not be published. Required fields are marked *