मौसम अनुकूल भएपछि नुवाकोट कांग्रेसको अधिवेशन असोज १३ र १४ गतेनुवाकोट । नेपाली कांग्रेस नुवाकोटले प्रतिकूल मौसमका कारण स्थगित भएको पालिका तथा क्षेत्रीय अधिवेशनको नयाँ मिति तय गरेको छ। नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिको कार्यालय नुवाकोटले सूचना जारी गर्दै अधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको हो।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार नुवाकोटमा यसअघि पालिका तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका लागि मिति तोकिएको थियो। तर, प्रतिकूल मौसमका कारण निर्धारित अधिवेशन स्थगित गरिएको थियो।हाल मौसम अनुकूल हुँदै गएको र अधिवेशन गर्न सकिने अवस्था रहेको सुझाव प्राप्त भएपछि जिल्ला निर्वाचन समितिले नयाँ मिति तय गरेको जनाएको छ। नयाँ कार्यतालिकाअनुसार पालिका स्तरीय अधिवेशन असोज १३ गते हुनेछ।त्यसैगरी प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते सम्पन्न हुने जिल्ला निर्वाचन समितिले जनाएको छ।जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रत्नसुन्दर बज्राचार्यद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई संशोधित कार्यतालिकाबारे जानकारी गराइएको हो। अधिवेशनका लागि आवश्यक तयारी तथा व्यवस्थापन सोहीअनुसार अघि बढाइने जनाइएको छ।यससँगै नुवाकोट कांग्रेसको पालिका तथा क्षेत्रीय तहको अधिवेशन प्रक्रिया पुनः अघि बढ्ने भएको छ। आगामी अधिवेशनबाट विभिन्न तहका नयाँ नेतृत्व तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्नेछ।












Leave a Reply