सुरुङमा हराएका छोराको पीडामा बुबाको भावुक पुकार : ‘तड्पी–तड्पी मर्नुभन्दा बाढीमै परेको भए हुन्थ्यो’

सुरुङमा हराएका छोराको पीडामा बुबाको भावुक पुकार : ‘तड्पी–तड्पी मर्नुभन्दा बाढीमै परेको भए हुन्थ्यो’नुवाकोट मिडियारसुवा — रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा फसेका आफ्ना जेठा छोरा समिर लामिछानेसहित कामदारहरूको अवस्थाले नेकपा नेता माधव लामिछाने गहिरो पीडामा छन्।सामाजिक सञ्जालमार्फत आफ्नो पीडा व्यक्त गर्दै लामिछानेले सुरुङभित्र अक्सिजनको अभावमा तड्पिएर मृत्यु भएको कल्पना गर्नसमेत कठिन हुने बताएका छन्।उनले भावुक हुँदै लेखेका छन्, ‘सास फेर्न नसकेर तड्पी–तड्पी हुने मृत्युुभन्दा बाढीमा सिधै परेको भइदिएको भए हुन्थ्यो मेरो बाबु।’छोरासहित सुरुङमा रहेका अन्य कामदारहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले उद्धारमा भएको ढिलाइप्रति पनि असन्तुष्टि जनाएका छन्। सुरुदेखि नै स्वदेशी तथा विदेशी उद्धार टोली परिचालन गरी सबै सुरुङमा खोज तथा उद्धार तीव्र पारिएको भए अहिलेको पीडा भोग्नुपर्ने अवस्था नआउने उनको भनाइ छ।माधव लामिछानेका जेठा छोरा समिर लामिछाने रसुवागढी जलविद्युत आयोजनामा इलेक्ट्रिकल इन्जिनियरका रूपमा कार्यरत थिए। उनी करिब ६ वर्षदेखि सोही आयोजनामा काम गर्दै आएका थिए।छोराको अवस्थाबारे अनिश्चितता कायमै रहँदा परिवारजनको पीडा झनै गहिरिँदै गएको छ।

1789625754228

Leave a Reply

Your email address will not be published. Required fields are marked *