Rate us

“बा, म नाङ्गिएर मरेको होइन, मलाई नाङ्ग्याएर मारिएको हो”

by

in , सुजन पन्थ

कविता :- “बा मलाई न्याय चाहियो?

“बा, हेर्नुन आज प्राकृति निराश छ, मेरो कलिलो सास लुटेपछि

।लामो श्वास फेर्दा अतालिने बा, आज म चिच्याउदा पनि सुन्न पाएनौं ।

औंला समातेर हिडाउने बा, आज मलाई घिसर्दा पनि देख्न पाएनौ ।

बा, चिनेनौ र मलाई म अंग अंग लुछिएको छोरी होइन,

न्याय माग्दै आएको तिम्रो छोरी हुँ

।बा, आज त मलाई संसारले चिने अरे नि,

के म चिनाउन म आफैलाई लुटाउन पर्ने हो ?

मलाई चिनाउन सुन्दर ती तस्बिर सामाजिक संजाल चाहिएकै छैन

बा, मलाई त अंग अंग लुछिएको च्यातिएको हिसाब चाहिएको छ

।तिम्रो अधाङ्गिनी प्रसब पिडामा हुँदा संहदरबार जलाउने

आट आज तिम्रो छोरी जस्तै लुछिदा

हार्दिक श्रद्धाञ्जली मा त चित्त बुझाएको छैनौ नि ।

बा, कसरी भनु चिसो लाग्ला भनेर मनतातो तेलको स्पर्शको सट्टा ती

राक्षसि हातहरु लुगा संगै शरीर पनि च्यातेनी

बा !तिमिले मेरो चिच्याहट सच्चिनै सुनेनौ ?

म त अन्तिम सास सम्म हजुरलाई कुरिरहेको थिए ।

बा, भनिदेउ न सरकारलाई ,म नाङ्गिएर मरेको होइन ,

मलाई नङ्ग्याएर मारिएको हो ।मैले न जीवन देखेको थिए

न मृत्यु को अर्थ थाहा थियो ।पर्दैन सांसद भवन मेरो चर्चा ,

चाहिदैन सहानुभूति मात्र त्यो नरपिचासहरुलाई फाँसी लड्काइदेउ ।

कुनै बाउआमाले छोरी जन्मेको दिन रुन नपरोस ।

यस्ता नरपिचासहरु खुलेआम हिड्न नसकोस

।नारिको सारी मर्दको भेषमा जन्मिएको नामर्दबाट च्यातिन नपरोस

।कुनै पनि छोरी खोज्न खोलाको किनार किनार हिड्न नपरोस ।

नत्र निर्मला र गरिमा जस्ता गल्ली गल्ली मा भेटिन्छन ।

म मरेको छैन सरकार ,तिम्रो छोरिको आखामा नियाल म

त्यही आखामा डर बनेर बचेको छु ।प्रत्यक आमाको चिन्तामा

नियाल म त्यो चिन्तामा बाचेको छु।प्रत्यक बा को मुटुमा

नियाल म त्यो कापिरहेको मुटुमा बाचेको छु ।

मेरा तस्बिर हेरेर झर्ने प्रत्यक थोपा आसुमा बाचेको छु

।मलाई सहानुभूतिमा बाच्न होइन , खुलेआम बाच्नु छ ।देश बिस्तारै बनाउला ,

नारी सुरक्षीत छ भन्ने देश बनाइदेउ ।

सरकार तिम्रो पनि त हुं म एक छोरी,

हटाईदेउ नरपिचासी खेल फोहोरी ,

अरु केही माग्दिन सरकार, आत्मशातिको लागी,पुर्‍याईदेउ मलाई लुछ्नेको घाँटिमा डोरि ।।।

✍️प्रमोद सापकोटा

प्रमोद सापकोटा