कांग्रेस छाडेर रास्वपामा भुजेल प्रवेश , निर्वाचित वडा अध्यक्ष नै पार्टी परिवर्तन नुवाकोट ।

नुवाकोटमा कांग्रेस छाडेर रास्वपामा भुजेल, निर्वाचित वडा अध्यक्ष नै पार्टी परिवर्तननुवाकोट । नेपाली कांग्रेसबाट निर्वाचित बेलकोटगढी नगरपालिका–५ का वडा अध्यक्ष मलन भुजेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका भुजेलले पार्टी परित्याग गर्दै रास्वपाको सदस्यता लिएका हुन्।रास्वपाको आधिकारिक सदस्यता विवरणअनुसार भुजेलले गत कात्तिक २८ गते सदस्यता लिएका हुन्। उनको सदस्यता नम्बर ०००४४६३८० रहेको छ। यद्यपि, पार्टी प्रवेशबारे उनले औपचारिक घोषणा गर्न बाँकी रहेको बताइएको छ।कोल्पुटार निवासी भुजेल कांग्रेसको १४औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ क्षेत्रीय उपसभापतिमा निर्वाचित भएका थिए। उनी १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिसमेत चयन भएका थिए। यसअघि उनले साविक दुईपिपल गाउँ इकाई सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए।कांग्रेसभित्रको आन्तरिक विवाद, संगठनप्रतिको असन्तुष्टि तथा जनताको अपेक्षाअनुसार पार्टी अघि बढ्न नसकेको निष्कर्षसहित आफूले पार्टी छाडेको भुजेलको धारणा रहेको स्रोतको भनाइ छ।विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टिका बीच निर्वाचित जनप्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिसमेत रहेका भुजेलले पार्टी परिवर्तन गर्नु जिल्लाको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।यसअघि पनि बेलकोटगढी क्षेत्रमा कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका थिए। पछिल्लो घटनाले नुवाकोटमा कांग्रेसको संगठनात्मक अवस्था र स्थानीय राजनीतिक समीकरणबारे थप बहस सिर्जना गरेको छ।

file_00000000e3348208a8af820cbb854fd1

Leave a Reply

Your email address will not be published. Required fields are marked *