माछापोखरीमा भएको झगडामा नुवाकोटका २० वर्षीय सुवाश तामाङको मृत्युकाठमाडौं । काठमाडौंको माछापोखरीमा भएको झगडामा नुवाकोटका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्दै आएका २० वर्षीय सुवाश तामाङ रहेका छन्।प्राप्त विवरणअनुसार, असोज ३१ गते राति करिब १२:१२ बजे काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा हिँडिरहेका बेला तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा झगडा भएको जनाइएको छ।झगडाका क्रममा तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा दिउँसो १:३० बजे उनको मृत्यु भएको जनाइएको छ।घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा ताम्राकारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।नुवाकोट मिडिया | नुवाकोटको आवाज









Leave a Reply