नि शुल्क दन्त शिविर आयोजना शिवपुरीमा ६ , वडा कार्यालय बि एम फाउन्डेसन

शिवपुरी–६ मा निःशुल्क दन्त शिविर आयोजना हुँदैनुवाकोट । बि. एम. फाउन्डेसनको आयोजनामा शिवपुरी गाउँपालिका–६ वडा कार्यालयमा निःशुल्क दन्त शिविर सञ्चालन हुने भएको छ।आगामी असोज २७ गते आयोजना हुने शिविरमा स्थानीयवासीलाई दाँतको जाँच तथा आवश्यक उपचार सेवा निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ।शिविरमा दाँतको सामान्य परीक्षणसँगै दाँत सफा गर्ने (स्केलिङ), दाँत भर्ने (फिलिङ) तथा आवश्यक परे दाँत निकाल्ने लगायतका सेवा उपलब्ध हुने बताइएको छ।आयोजकले शिवपुरी–६ लगायत आसपासका सर्वसाधारणलाई शिविरमा सहभागी भई दन्त स्वास्थ्यसम्बन्धी सेवा लिन तथा कार्यक्रमबारे अन्यलाई समेत जानकारी गराउन आग्रह गरेको छ।स्वस्थ दाँत, सुन्दर मुस्कानका लागि निःशुल्क दन्त शिविरमा सहभागी बनौँ।नुवाकोट मिडिया

1791268456228

Leave a Reply

Your email address will not be published. Required fields are marked *