नेपाली कांग्रेस १५औँ महाधिवेशन: शिवपुरी गाउँपालिका सभापतिमा समाजसेवी प्रलाद थापाको उम्मेदवारीनुवाकोट। नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन नजिकिँदै गर्दा नुवाकोटको शिवपुरी गाउँपालिकामा संगठन निर्माण र सामाजिक रूपान्तरणको अभियान तीव्र बनेको छ। यसै क्रममा, सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका युवा नेता तथा समाजसेवी प्रलाद थापाले शिवपुरी गाउँपालिका सभापति पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गर्नुभएको छ।थापा शिवपुरी क्षेत्रका परिचित एवम् निष्ठावान् व्यक्तित्व हुनुहुन्छ। यसअघि 'शिवपुरी यातायात'को अध्यक्ष पद सम्हालिसक्नुभएका थापाले यातायात क्षेत्रको सुधार, व्यवस्थापन र स्थानीयको सहज पहुँचका लागि उल्लेखनीय योगदान पुर्याउनुभएको छ।सामाजिक कार्यमा सदैव अग्रपङ्क्तिमा खटिने थापा गाउँमा विपद् होस् या विकास निर्माण, जहाँ सहयोग र चन्दाको आवश्यकता पर्छ, त्यहाँ पुग्ने पहिलो व्यक्तिका रूपमा चिनिनुहुन्छ। विभिन्न विद्यालयहरूमा शैक्षिक पूर्वाधार विकास, खेलप्रेमी युवाहरूलाई प्रोत्साहन तथा सहयोग, र बाढी-पहिरोजस्ता प्राकृतिक विपत्तिमा परेका पीडितहरूलाई राहत पुर्याउने कार्यमा उहाँको भूमिका अतुलनीय रहँदै आएको छ।उम्मेदवारी घोषणा गर्दै थापाले आफूलाई अग्रजहरूको मार्गदर्शन, साथीभाइहरूको साथ र युवाहरूको भरोसाका साथ मैदानमा उतारेको बताउनुभएको छ। पारदर्शी र जवाफदेही स्थानीय शासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारका अवसर सिर्जना एवं कृषक र युवाहरूको हितलाई प्राथमिकतामा राखेर शिवपुरीको समृद्धि हासिल गर्ने उहाँको मुख्य लक्ष्य रहेको छ। "आफ्नो गाउँ, आफैँ बनाऔँ; शिवपुरीलाई समृद्ध बनाऔँ" भन्ने मूल नाराका साथ थापाले यो उम्मेदवारीलाई सबै शिवपुरीवासीको साझा अभियानका रूपमा लिन र सहयोग, सल्लाह तथा आशीर्वाद प्रदान गर्न सम्पूर्ण अग्रज, दाजुभाइ, दिदीबहिनी तथा साथीहरूमा हार्दिक अपिल गर्नुभएको छ।










Leave a Reply