पञ्चकन्या कांग्रेस सभापतिमा प्रकाश पण्डित निर्वाचित
नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नेपाली कांग्रेसको दोस्रो पालिका अधिवेशनबाट गाउँपालिका समितिको सभापतिमा प्रकाश पण्डित निर्वाचित भएका छन्।
आज सम्पन्न अधिवेशनबाट पञ्चकन्या–४, थप्रेक निवासी पण्डित गाउँपालिका समितिको सभापतिमा निर्वाचित भएका हुन्। पण्डितको नेतृत्वमा पालिका समितिले आगामी कार्यकालमा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै अघि बढाउने अपेक्षा गरिएको छ।
सभापतिमा निर्वाचित पण्डितलाई शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
मिति : २०८३/०६/१३










Leave a Reply