🚨 सृजना गिरीको खोजीमा सहयोग गरौँ
पञ्चकन्या–५, भेडाबारीकी १९ वर्षीया सृजना गिरी मिति २०८३/०५/०६ गते दिउँसो करिब १२ बजे मोबाइल बनाउन घरबाट निस्किनुभएकोमा त्यसपछि सम्पर्कविहीन हुनुभएको छ। परिवार तथा आफन्तले विभिन्न स्थानमा खोजी गर्दा पनि हालसम्म उहाँको अवस्था पत्ता लाग्न सकेको छैन।
सृजनाको उचाइ करिब ५ फिट, तौल करिब ४५ किलो, गहुँगोरो वर्ण रहेको छ। उहाँको देब्रे आँखामा र ओठमाथि खत रहेको छ। हराउँदा सेतो टिसर्ट, कालो जिन्स पाइन्ट र सेतो जुत्ता लगाउनुभएको थियो।
यदि तपाईंले उहाँलाई कहींकतै देख्नुभएको छ, भेट्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुभएको छ भने, कृपया तत्काल आमाको मोबाइल नम्बर ९८६४३९०२९२ मा खबर गर्नुहोस्। साथै प्रहरी कन्ट्रोल १०० मा समेत जानकारी गराउन सक्नुहुन्छ।
🙏 कृपया यो सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्याउन शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले सृजनालाई परिवारसम्म सुरक्षित फर्काउन महत्वपूर्ण सहयोग पुग्न सक्छ।

Leave a Reply